बुधबार, माघ २८, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • रुकुममा दुईको हत्या, अभियुक्तलाई खोज्दै जाँदा उनको पनि शव फेला

रुकुममा दुईको हत्या, अभियुक्तलाई खोज्दै जाँदा उनको पनि शव फेला


गणेश विक


रुकुम पूर्व । भूमे गाउँपालिका–४ साकिममा दुई जनाको हत्या भएको छ। हत्या अभियुक्तलाई खोज्दै जाँदा उनको पनि शव फेला परेको प्रहरीले जनाएको छ।

साकिमका अन्दाजी ५१ वर्षी चन्द्रसिंह पुनले सोही ठाउँका ६० वर्षीया ढाटी बुढा र निजका नाति ८ महिनाका समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ।

मंगलबार दिउँसो ३ बजेको समयमा पुनले घरमै गएर हत्या गरेको पुष्टि भएपछि खोज्दै जाँदा उनीसमेत सोही ठाउँको खुलखुले खोलामा मृत भेटिएको प्रहरीले जनाएको हो।

प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत