आइतवार, चैत्र १०, २०८१

भेनेजुएला फर्कन खोज्ने आप्रवासी पनामामा रोकिए


गणेश विक


काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण अमेरिकाको यात्रा त्यागेर स्वदेश फर्कन खोजेका दर्जनौँ आप्रवासीलाई पनामाको प्रहरीले मङ्गलबार फिर्ता पठाएको छ ।

दङ्गा प्रहरीले क्याराभान आप्रवासीलाई व्यवस्थित रूपमा स्वदेश फिर्ती प्रक्रियाका लागि कोस्टारिका फर्कन बाध्य बनाएको हो ।

नाम नबताउने एक आप्रवासीले एएफपीसँग भने, “हामी पूरा हुन नसकेको सपनाको खोजीमा गयौँ र अब हामी फेरि घर फर्किरहेका छौँ ।”

भेनेजुएलाका आन्द्रेस परेडेसले अमेरिकाको लामो यात्राका क्रममा भोकभोकै बस्न र सडकमा सुत्नबाट जोगिन चाहेको बताएका छन् ।

“कोस्टारिकाको एक आश्रयस्थलमा आप्रवासीको आपराधिक रेकर्डको बायोमेट्रिक जाँच गरिनेछ र त्यसपछि हवाई वा समुद्री मार्गबाट स्वदेश फर्कनका लागि पठाइनेछ,” पनामाको सुरक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

कोस्टारिकाका सुरक्षा मन्त्री मारियो जामोरालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “हामी आप्रवासनको व्यवस्थित, कानुनी, मानवीय र सुरक्षित प्रवाह सुनिश्चित गर्न चाहन्छौं ।”

कोलम्बियाबाट पनामासम्म अघोर डारिएन जङ्गल हुँदै धेरै आप्रवासीले खतरनाक यात्रा तय गरेका थिए ।

गत महिना आफ्नो कार्यभार सम्हालेको पहिलो दिन नै ट्रम्पले दक्षिणी अमेरिकी सीमामा राष्ट्रिय आपत्‌काल घोषणा गर्दै लाखौँ आप्रवासीलाई देश निकाला गर्ने प्रतिबद्धता जनाएका थिए ।

जुलाईमा वासिङ्टनसँग भएको सम्झौतापछि पनामाले डारियन क्षेत्रका धेरै मार्ग बन्द गरेको छ र आप्रवासीलाई अमेरिकी आर्थिक सहयोगमा कोलम्बिया र इक्वेडरलगायत देशमा सडक यातायात र उडानमार्फत फिर्ता गरेको छ । एएफपी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत