मङ्लबार, असार २४, २०८२

आज ‘किस डे’, यस्ता छन् चुम्बन गर्नुका फाइदा


गणेश विक


काठमाडौं । हरेक वर्ष भ्यालेन्टाइन डे को अघिल्लो दिन अर्थात् १३ फेब्रुअरीलाई ‘किस डे’ भनिन्छ । यस दिन प्रेम जोडीले चुम्बन गरेर आफ्नो प्रेम भाव व्यक्त गर्छन् ।

चुम्बन प्रेमानुभूतिको प्रतीक मानिन्छ। प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त गर्छन् ।

चुम्बनले शरीरमा खुसीको हर्मोन उत्पादन गर्छ, जसले तनाव डिप्रेसनलगायतका समस्याहरूलाई कम गराउन मद्दत गर्छ।

चुम्बन एउटा प्रेम व्यक्त गर्ने उत्तम माध्यम पनि हो । चुम्बनलाई प्रेमको स्पर्शका रूपमा पनि मान्ने गरिन्छ चुम्बनले सम्बन्धलाई मजबुत बनाउने र स्वास्थ्यका हिसाबले पनि निकै फाइदाजनक मानिन्छ ।

  • चुम्बनका फाइदाहरू जान्नुहोस्
  • – चुम्बन गर्नाले मस्तिष्कबाट धेरै प्रकारका केमिकल निस्कन्छ, जसले शरीरमा खुसीको हर्मोन बढाउने काम गर्छ। यसले तपाईँलाई राम्रो महसुस गराउँछ ।
  • – अध्ययनका अनुसार चुम्बन गर्दा क्यालोरी कम गर्न फाइदाजनक मानिएको छ । एक मिनेटसम्म चुम्बन गर्दा दुई देखि ६ क्यालोरीसम्म कम गर्न सकिन्छ ।
  • – चुम्बन गर्दा शरीरमा कोर्टिसोल नामक हर्मोनको स्तर कम हुन्छ, जसलाई तनाव हार्मोन भनिन्छ । यो हर्मोन नियन्त्रणमा राख्नु धेरै महत्त्वपूर्ण छ ।
  • – चुम्बनबाट साल्भिया नामक तत्त्व धेरै उत्पादन हुन्छ, जसले दाँत सडाउने ब्याक्टेरिया भगाउँछ।
  • – चुम्बन गर्दा मुटुको धड्कन बढी शरीरमा रगतको प्रवाह बढ्छ र शरीरमा रगतको उचित परिसंचरणले धेरै रोगको जोखिमबाट बचाउँछ।
  • – शारीरिक थकान र पिडा बिर्साउँछ ।
  • – चुम्बनले रक्तचाप पनि नियन्त्रणमा रहन्छ ।
  • – शरीरमा रक्तसञ्चार बढाएर टाउको दुख्ने, पेट दुख्ने जस्ता धेरै समस्याहरू हट्छन् ।
  • – चुम्बनले प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्छ।


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत