शनिबार, साउन ३, २०८२

श्रीमतीको हत्या, ५ वर्षदेखि फरार श्रीमान् पक्राउ


गणेश विक


काठमाडौं । पाँच वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका-२ का सन्तोष साह रहेका छन्।

साहलाई फरार प्रतिवादी खोजीको सिलसिलामा बिहीबार पक्राउ गरी अनुसन्धान थालिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।

खतिवडाका अनुसार साहले श्रीमती गायत्री कुमारीलाई २०७६ साल चैत ६ गते राति कुटपिट गरी शम्भुनाथ नगरपालिका-२ ट्राफिक चोकदेखि चार सय मिटर पूर्वमा फालेका थिए।

भोलिपल्ट स्थानीयले फेला पारेर गायत्रीलाई युनिक अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो।

त्यसयता सन्तोष फरार रहेका थिए। खतिवडाका अनुसार गायत्री र सन्तोषको बिहे २०७६ साल जेठ २६ गते भएको थियो। बिहेपछि दुबै जनाबीच पटक-पटक विवाद हुँदै आएको थियो।

जिल्ला अदालत राजविराजले सन्तोषलाई कर्तव्य ज्यान मुद्दामा ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।  



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत