शनिबार, माघ २४, २०८२

२० किलो चरेस र २१ किलो गाँजासहित रुपन्देहीमा ७ जना पक्राउ


गणेश विक


काठमाठौं । रुपन्देहीबाट प्रहरीले चरेस र गाँजासहित सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-८ का ३३ वर्षीय दीपक तामाङ, ३६ वर्षीय सुनबहादुर तामाङ, ३१ वर्षीय नक्कलबहादुर तामाङ, ४१ वर्षीय प्रेमलाल तामाङ रहेका छन्।

यस्तै, रुपन्देही सिद्धार्थनगर नगरपालिका-४ आदर्शनगरका २५ वर्षीय जीवन मल्लाह, तिलोतम्मा नगरपालिका-१४ का २३ वर्षीय दिलीप केवट र स्याङ्जा गल्याङ नगरपालिका-१ ३८ वर्षीय जीवनाथ पाण्डे रहेका छन्।

शुक्रबार सिद्धार्थनगर नगरपालिका-४ र तिलोत्तमा नगरपालिका-१५ बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरी निरीक्षक महेन्द्र सेनका अनुसार लागुऔषध कारोबार हुँदै गरेको सूचना पाएपछि रुपन्देही जिल्ला प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो शाखा भैरहवाबाट प्रहरी टोली खटिएको थियो।

पक्राउ परेका व्यक्तिहरूको साथबाट २०.७९ ग्राम चरेस, २१ किलो गाँजा र लागुऔषध पोल्याण्डको धुलो ८४ ग्राम बरामद भएको सेनले बताए।

उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत