आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • पर्यावरणीय सुधारमा न्युजिल्यान्ड र नेपाल बिच सहकार्य सम्झौता सम्पन्न।

पर्यावरणीय सुधारमा न्युजिल्यान्ड र नेपाल बिच सहकार्य सम्झौता सम्पन्न।


कान्तिपथ


अस्ट्रेलियाको मेलबर्न स्थित होटल म्यार्करीमा जैविक फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जा प्रविधिहरूको प्रवर्द्धन सम्बन्धी सम्झौता सम्पन्न भएको छ। न्यूजील्याण्डबाट आएका प्रोवार्को लिमिटेडका निर्देशक जेसन डेल फ्रोस्ट र चिरायु एग्रो एन्ड लाइभस्टक प्रोडक्शनका प्रतिनिधि डिन घिसिङले द्विपक्षीय हितमा सम्झौता गरेका छन्। सम्झौताले प्रविधि स्थानान्तरणको उद्देश्य राखेको छ।जसअन्तर्गत नेपालमा जैविक फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जा प्रविधिहरूको प्रवर्द्धन गर्न प्रोवार्को लिमिटेड, न्यूजील्याण्डबाट विशेषज्ञता र प्रविधि स्थानान्तरण गरिने जनाएको छ।

नेपालमा फार्म स्तरमा जैविक मल उत्पादन प्रणाली स्थापना गर्ने योजना रहेको डिन घिसिङले बताए ।

पर्यावरणीय सुधारका माध्यमबाट नेपालमा हरितगृह ग्यास उत्सर्जन घटाउन र जैविक फोहोरको अधिकतम प्रयोग गर्न दिगो विकासका लागि काम गर्ने योजना पनि रहेको र यसले आधुनिक कृषि र लाइभस्टक प्रणालीलाई सुदृढ गर्ने उल्लेख गरिने उनले जानकारी दिए।

न्यूजील्याण्ड र नेपाल बीचको घनिष्ठता सम्बन्धलाई जोड्दै प्रोवार्को लिमिटेडका निर्देशक जेसन डेल फ्रोस्टले नेपालमा यस सम्झौतासँग आफ्नो प्राथमिकता रहेको उल्लेख गरे। साथै, न्यूजील्याण्डमा सफलतापूर्वक लागू गरिएका जैविक फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जा प्रविधिहरू नेपालमा पनि व्यावहारिक हुने विश्वास व्यक्त गरे।

सोही अवसरमा जेसन डेल फ्रोस्टले आगामी २०२५ को अप्रिल महिनामा नेपालमा आधुनिक कृषि प्रविधिहरू र विशेषज्ञहरूका साथ उच्चस्तरीय बैठक, फिल्ड भ्रमण र कार्यशालामा सहभागी हुने बताउनुभयो।न्यूजील्याण्डबाट माटो विशेषज्ञ माल्कोम डेविट्सन र व्यवसायी राम कार्की समेत सो कार्यक्रममा उपस्थित थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत