डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आईएमई पेबीच मर्जरका लागि समझदारी (एमओयू) भएको छ।
आईएमई पेका एक अधिकारका अनुसार आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको हो। मर्जरपछि आईएमई खल्ती नाम राख्ने गरी समझदारी भएको बताइएको छ।
गुगल प्लेस्टोरमा खल्ती ५० लाखभन्दा बढी डाउनलोड भएको छ भने आईएमई पे १० लाखभन्दा बढी डाउनलोड भएको छ। यी दुई डिजिटल वालेट एक हुँदा भुक्तानी सेवा प्रदायकबीच अझै बलियो हुनसक्नेछ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ