बुधबार, चैत्र १३, २०८१

हतियार देखाएपछि पुर्व मन्त्री भाईरल


कान्तिपथ


जनमत पार्टीका सांसद एवं पूर्वमन्त्री अब्दुल खानलाई दुई जना बन्दुकधारीले अस्वाभाविक रुपमा सुरक्षा दिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ।

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिसमेत रहेका खानलाई रौतहटमा प्रदान गरिएको ‘सुरक्षा’को विषयलाई लिएर सामाजिक सञ्जालमा चर्चा भएको हो।

अस्वाभाविकजस्तो देखिने दुई जना बन्दुकधारीले सांसद खानलाई बीचमा पारेर र रवाफपूर्ण तरिकाले सुरक्षा दिएको फोटो तथा भिडियो बाहिरिएको छ।

रौतटका प्रमुख जिल्ला अधिकारीले जिल्ला इन्चार्ज सेठलाई बोलाएर हतियारका बारेमा सोधीखोजी गरेका थिए। सोधपुछका क्रममा दुवै हतियार लाइसेन्स प्राप्त भएपछि छाडिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत