चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा घरेलु टिम नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । सोमबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । सन् २०१९ पछि नेपालले कीर्गिस्तानसँग पहिलोपटक खेल्न लागेको हो ।
नेपालले कीर्गिस्तानविरूद्ध सन् २०१९ मा कीर्गिस्तानमा भएको नाजेज्दा कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपालले कीर्गिस्तानलाई घरेलु मैदानमै ८-२ गोलअन्तरले हराएको थियो ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक राजेन्द्र तामाङले च्याम्पियनसिपका लागि आफ्नो टिम तयार भएको र जित निकाल्न खेल्ने बताएका छन् । प्रशिक्षक तामाङले पहिलो खेलको प्रतिद्वन्द्वी कीर्गिस्तान अहिले बलियो रहे पनि निश्चित योजना बनाएर मैदानमा जित निकाल्न उत्रिने बताए । कीर्गिस्तानविरुद्धको पहिलो खेलमा जित निकाल्न सचेत रहेर खेल्ने प्रशिक्षक तामाङको भनाइ छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ