आइतवार, चैत्र १०, २०८१

प्रधानमन्त्री ओली देश बनाउने मान्छे : महासचिव पोखरेल


गणेश विक


काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले देश बनाउने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताएका छन् । 

सोमबार दाङको तुलसीपुर–११ मालेडाँडामा श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उनले वर्तमान प्रधानमन्त्री केपी ओली देश बनाउने मान्छे भएको बताए ।

‘देश बनाउने हो भने देश बनाउने मान्छेलाई प्रोत्साहन गर्नुपर्दछ, यो कुरा सुन्ने कुरा मात्रै होइन, काम गर्ने मानिसलाई सम्मान गर्नुपर्दछ’, उनले भने ।

 पोखरेलले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताए ।

भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन उनले आग्रह गरे ।

विकासका हरेक काममा स्थानीय समुदायका भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने पोखरेलले स्पष्ट पारे ।

स्थानीय समुदायले उचित प्रयोग र सदुपयोग गरेन भने सरकारले जति खर्च गरे पनि त्यो प्रभाकारी नहुने उनको भनाइ थियो ।

‘राम्रो बनाउने कुरामा स्थानीय जनताकै महत्पूर्ण योगदान रहन्छ’, पोखरेलले भने ।

पोखरेलले पश्चिम दाङमा सबैभन्दा बढीले लिने नाम श्रीमणि आचार्य भएको र उनको सम्मानमा स्मृति पार्क बन्नु खुसीको कुरा भएको बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत