नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा भीम प्रसाद दाहाल निर्वाचित भएका छन् ।
फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दाहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा गंगालाल तुलाधरले जानकारी दिए ।
इन्चार्ज गंगालालकाअनुसार उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानीराम चौलागाई, निरू खरेल, दीपक धनुके निर्वाचित भएका छन् ।
दाहालको नेतृत्वमा १८६ जना सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ