बुधबार, चैत्र १३, २०८१

बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता


गणेश विक


काठमाडौं । बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएको छ ।

हिजाे जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता गरेको हो ।

बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा ८ करोड ५९ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।

बम्जनविरुद्ध ४ जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको आरोप छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बम्जनलाई २०८० सालको पुसमा काठमाडौँको बूढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेको थियो। पक्राउ गर्ने क्रममा प्रहरीले उनको घरबाट ३ करोड ३ लाख नेपाली रुपैयाँ र अरू १७ देशका मुद्रा ३० लाख ९२ हजार रूपैयाँ पनि बरामद भएको थियो ।

जिल्ला अदालत, सर्लाहीले उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) ’छ’ अनुसारको कसुर गरेको ठहर गरेको छ । दफा ६६ मा बालबालिकाविरूद्वका कसुरहरू उल्लेख गरिएको छ । उक्त दफाअन्तर्गत उपदफा (३) मा बाल यौन दुव्र्यवहार गरेको मानिने अवस्था किटान गरिएको छ । र, उपदफा (३) ’छ’ मा यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने कार्यलाई बाल यौन दुर्व्यवहार मानिएको छ ।

अदालतले उनलाई १० वर्ष कैदको सजाय तोकेको छ ।

पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि भएको थियो ।

एउटा अपराधमा सजाय भुक्तान गरिरहेका बम्जनविरुद्ध पुनः अर्को मुद्दा दर्ता भएको हो ।

बम्जनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको आरोपमा जाहेरी परेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत