काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठबाट २४ जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
अनलाइन जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।
आरोपीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
गएराति बूढानीलकण्ठको एक घरमा छापा मारेर अपराध अनुसन्धान कार्यालयको टोलीले २१ थान मोबाइल र ३८ थान ल्यापटप बरामद गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ