बुधबार, चैत्र ५, २०८१

‘फौजी’मा आलिया भट्ट


गणेश विक


मुम्बइ । ‘कल्किः २८९८ एडी’ बाट बक्स अफिसमा धुम मच्चाउने प्रभाससँग अहिले एक–दुई होइन करिब आधा दर्जन ठूला फिल्म रहेका छन्,
जसमध्ये एक हो ‘फौजी’

यो चलचित्रलाई हनु राघवपुडीले निर्देशन गर्दैछन् । अहिले प्रभास फिल्मको सुटिङमा व्यस्त छन् । हालै यो फिल्ममा अनुपम खेर महत्वपूर्ण भूमिकामा देखिने खुलासा भएको छ । अब यसमा आलिया भट्टको पनि प्रवेशको खबर आइरहेको छ ।

केही दिन अघि साउथ स्टार साई पल्लवी ‘फौजी’ मा प्रवेश गरेको खबर आएको थियो । उनको भूमिका महत्वपूर्ण हुने र उनी फिल्मको फ्ल्यास ब्याक कथामा देखिने बताइएको थियो तर अहिले आलिया भट्टको प्रवेशको खबरले फ्यानहरु उत्साहित भएका छन् । सिने जोसले आफ्नो एक रिपोर्टमा आलियाको फिल्ममा विशेष भूमिका हुने बताएको छ ।

समाचारमा ‘फौजी’को कथामा राजकुमारी पात्र रहेको दाबी गरिएको छ । अहिले आलिया भट्टले सोही भूमिका निर्वाह गर्ने बताइएको छ । फिल्ममा अनुपम खेरको प्रवेशको कुरा फौजीका निर्माताले आफैंले पुष्टि गरेका थिए तर अहिलेसम्म आलियाको प्रवेशको खबरलाई लिएर निर्माताकोतर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

अर्थात् आलियाको प्रवेशलाई आधिकारिक रूपमा स्वीकृत हुन बाँकी रहेको जनाइएको छ । तर, यदि यो खबर सत्य हो भने यो आलिया र प्रभासको पहिलो सँगै फिल्म हुनेछ । प्रभासको फौजी लामो समयदेखि चर्चामा छ । यो एक दमदार एक्शन फिल्म हुने बताइएको छ, जसको कथा पनि राम्रो हुने अपेक्षा गरिएको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने यसको बजेट करिब ४०० करोड रुपैयाँ छ । यस्तो अवस्थामा यसको स्टार कास्ट पनि ए–लिस्टर्सले भरिपूर्ण हुनेछ ।

अहिले प्रभास आफ्नो अर्को फिल्म ‘द राजा साब’ को रिलिजको प्रतिक्षामा छन् । उनको फिल्म यसै वर्षको अप्रिल १० मा हलमा रिलिज हुने तयारीमा छ भने आलिया भट्टको कुरा गर्ने हो भने उनले आफ्नो करियरमा साउथको एउटा मात्र फिल्ममा काम गरेकी छिन् । उनी एसएस राजामौली निर्देशित फिल्म ुआरआरआरु मा राम चरण र जुनियर एनटीआर जस्ता स्टारहरूसँग देखिएकी थिइन्।

उनको भूमिका सो फिल्ममा सानो भए पनि उनको अभिनयलाई निकै रुचाइएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत