आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • अमेरिका पठाइदिन्छु भन्दै साढे चार लाख ठगी गर्ने शर्मिला विष्ट पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै साढे चार लाख ठगी गर्ने शर्मिला विष्ट पक्राउ


गणेश विक


काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा शर्मिला बिष्ट पक्राउ परेकी छन् ।

उदयपुर वेलका नगरपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३२ वर्षीया विष्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । 

शर्मिलाले अमेरिका पठाइदिन्छु भन्दै एकजनाबाट चार लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

शर्मिलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत