बिहिबार, चैत्र ६, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • ‘नो नेम ५७’ नामक ह्याकर समूहले रक्षा, आन्तरिक र यातायात मन्त्रालयका वेबसाइट ह्याक

‘नो नेम ५७’ नामक ह्याकर समूहले रक्षा, आन्तरिक र यातायात मन्त्रालयका वेबसाइट ह्याक


गणेश विक


काठमाडौं । इटालीकी राष्ट्रपतिले युक्रेन आक्रमणलाई नाजीहरूसँग तुलना गरेपछि रूसी ह्याकरहरूले इटालीका धेरैवटा वेबसाइटहरूमा आक्रमण गरेका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक रुस समर्थक ह्याकर समूहले इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाको भाषणको प्रतिक्रियामा इटालियन सरकारी वेबसाइटहरूमा आक्रमण गरेका हुन ।

सामाजिक सञ्जालमा आक्रमणको घोषणा गर्ने ‘नो नेम ५७’ नामक ह्याकर समूहले इटालीको रक्षा, आन्तरिक र यातायात मन्त्रालयका साथै कानून प्रवर्तन एजेन्सीहरूको वेबसाइटमा आक्रमण गरेका छन् ।

समाचार अनुसार सो ह्याकर समूहले इटालियन बैंक, बन्दरगाह, एयरपोर्ट र स्थानीय यातायात एजेन्सीहरूमा आक्रमण गरेको बताएको छ तर ती आक्रमणहरूले ठूलो अवरोध उत्पन्न भने गरेको छैन ।

गत फेब्रुअरी ५ मा मार्सेलीमा एक भाषणमा राष्ट्रपति मटारेलाले भने कि दोस्रो विश्वयुद्धको नेतृत्व गर्ने ढाँचाहरू दोहोरिरहेका छन, जसमा नाजी शैली पनि कायम रहेको जनाएका थिए ।

 
‘यो युरोपमा तेस्रो युद्द गराउने रियोजना थियो, युरोप विरुद्धको आजको रुसको आक्रमण यस्तो प्रकृतिको हो,’ उनले भनेका थिए 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत