आइतवार, चैत्र १०, २०८१

लागूऔषधसहित २ जना पक्राउ


गणेश विक


रौतहट । सर्लाही स्थित प्रहरीले ठूलो परिमाणमा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका ११ का वर्ष २६ को मुकेश यादव र सोही ठाउँका वर्ष १९ को संजिव महतो रहेको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता इन्स्पेक्टर बलिष्टर सिंहले बताएका छन्।

पर्सा गाउँपालिका ६ मङराहा पोखरी स्थित हुलाकी सडक खण्डमा प्रहरी चौकी पर्साको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ना.४२ प ४२७० नं. को मोटरसाईकल चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको  लागू औषध अनेरेक्स १०० मिलीको १७० फाईल र आरेजेस्केन १०० मिलिको २४ वटा बोतल गरि जम्मा १९४ बोतल बरामद गरिएको इन्स्पेक्टर सिंहले जानकारी दिएका छन्।

मोटरसाईकल चालक मुकेश  र पछाडी सवार महतो समेतलाई नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थमाई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत