काठमाडौं । भारत उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा मृत अवस्थामा फेला परेकी प्रकृति लम्सालको शव बुधबार नेपाल ल्याइने भएको छ ।
थप समाचार
प्रकृतिका बुवा सुनिल भन्छन्– मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
प्रकृति लम्साल मृत्यु प्रकरण : आरोपित हिरासतमा, मोबाइल जफत गरेर प्रमाण खोज्दै प्रहरी
प्रकृति लम्साल मृत्यु प्रकरण : काल खोज्न कतै जानुपर्दैन, भारत पढ्न गए पुग्छ !
प्रकृति लम्साल मृत्यु प्रकरण : केआईआईटीका ३ कर्मचारी निलम्बन, २ जना बर्खास्त (अडियाे)
प्रकृति मृत्यु प्रकरण : नेपाली विद्यार्थीलाई गालीगलौज गर्ने प्राध्यापक पाण्डेले मागिन् माफी
राष्ट्रिय सभाले भन्यो, भारतमा मृत्यु भएकी छात्रालाई न्याय र नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर
प्रकृति मृत्यु प्रकरण : प्रतिनिधिसभामा आक्रोश, सत्य तथ्य छानबिनको माग
भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा शव आज नेपाल ल्याउन लागिएको छ ।
शव आज साँझसम्म घर पुर्याइने पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रकृतिका बुबा सुनिल लम्साल मंगलबार बिहान ८ बजे भुवनेश्वर पुगेका थिए ।
गत आइतबार बुटवलकी प्रकृति कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् ।
प्रकृतिको शंकास्पद मृत्यु भएपछि आइतबार साँझबाटै नेपाली विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए ।
तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै आक्रमण र दुर्व्यवहार गरेको थियो ।
सयौं नेपाली विद्यार्थीलाई होस्टलबाट निकालिएको थियो ।
अहिले पनि करिब एक हजार नेपाली विद्यार्थी विभिन्न सहरमा पुगेका छन् । केही नेपाल आइपुगेका छन् ।
नेपाल र भारतमै पनि चर्को आलोचना भएपछि विश्वविद्यालय प्रशासनले माफी मागेको छ ।
प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो । जसमध्ये ५ जना २० हजार धरौटीमा छुटेका छन् ।
प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका कलेजकै अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।
श्रीवास्तवले पटकपटक यातना दिएको विषय प्रमाणसहित उजुरी दिंदा पनि कलेजले लापरबाही गर्दा प्रकृतिले मृत्युवरण गर्नु परेको भन्दै केआईआईटीको आलोचना भइरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ