आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • प्रकृति लम्साल मृत्यु प्रकरण : उडिसाबाट ७५ जना विद्यार्थी नेपाल फर्किए

प्रकृति लम्साल मृत्यु प्रकरण : उडिसाबाट ७५ जना विद्यार्थी नेपाल फर्किए


गणेश विक


काठमाडौं । उडिसाको विश्वविद्यालय केआइआइटीमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी फर्केका छन्।

बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा अध्ययनरत् विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गर्दा विश्वविद्यालयले विद्यार्थीलाई कुटपिट गरी लखेटेको थियो।

त्यसयता मोरङ विराटनगरस्थित जोगबनी नाका हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

नेपाल फर्किने बढी विद्यार्थी मोरङका छन्। मोरङका ३६ जना विद्यार्थी जोगबनी हुँदै नेपाल आएको यादवले बताए।

यस्तै, सप्तरीका १६ जना र सुनसरीका ११ जना विद्यार्थी फर्केका छन्।

काठमाडौं, सिरहाका ३-३ जना, सर्लाही २, जनकपुर २, ललितपुर १ र उदयपुरका १ जना विद्यार्थी फर्किएको यादवले बताए।

लम्सालले आफूलाई कलेजमा अध्ययनरत् एक विद्यार्थीले मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई पटक निवेदन दिएकी थिइन्। तर, विश्वविद्यालयको उक्त विभागले गम्भीरता देखाएको थिएन।

आइतबार अचानक छात्रा मृत अवस्थामा फेला परेकी थिइन्। उनको हत्या भएको भन्दै निष्पक्ष छानिबन गर्न माग गर्दा विद्यार्थीमाथि विश्वविद्यालयका सुरक्षा गार्ड र बाउन्सरले लखेटी-लेखेटी कुटपिट गरेका थिए।  

उक्त घटनापछि विश्वविद्यालयले नेपाली विद्यार्थी निष्कासनको उर्दी जारी गरेको थियो। नेपाली विद्यार्थीलाई सोमबारसम्म कलेज छाड्न उर्दी जारी गरिएकोमा विश्वविद्यालयले फिर्ता लिइसकेको छ। 

थप समाचार

प्रकृतिका बुवा सुनिल भन्छन्– मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्

प्रकृति लम्साल मृत्यु प्रकरण : आरोपित हिरासतमा, मोबाइल जफत गरेर प्रमाण खोज्दै प्रहरी

प्रकृति लम्साल मृत्यु प्रकरण : केआईआईटी कलेजले माफी माग्यो

प्रकृति लम्साल मृत्यु प्रकरण : काल खोज्न कतै जानुपर्दैन, भारत पढ्न गए पुग्छ !

प्रकृति लम्साल मृत्यु प्रकरण : केआईआईटीका ३ कर्मचारी निलम्बन, २ जना बर्खास्त (अडियाे)

प्रकृति मृत्यु प्रकरण : नेपाली विद्यार्थीलाई गालीगलौज गर्ने प्राध्यापक पाण्डेले मागिन् माफी

राष्ट्रिय सभाले भन्यो, भारतमा मृत्यु भएकी छात्रालाई न्याय र नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर

प्रकृति मृत्यु प्रकरण : प्रतिनिधिसभामा आक्रोश, सत्य तथ्य छानबिनको माग

प्रकृति लम्साल मृत्यु घटना : २ जना प्रहरी अधिकृत उडिसा पुगे



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत