मङ्लबार, चैत्र १२, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै साढे ७३ लाख ठगी, २ जना पक्राउ

सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै साढे ७३ लाख ठगी, २ जना पक्राउ


गणेश विक


काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ३७ वर्षीय शरन थापा र इलाम सूर्योदय नगरपालिका-१० घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी रहेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार र मंगलबार पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउमध्ये शरनले सिंगापुर पठाइदिछु भन्दै १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार रुपैयाँ ठगी गरेको आरोप छ।

यस्तै, मिकेशले चेक रिपब्लिक पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

आचार्यका अनुसार रकम लिएर विदेश नपठाई उनीहरू सम्पर्कविहीन भएका थिए। पीडितले जाहेरी दिएपछि प्रहरीले शरनलाई सोमबार र मिकेशलाई मंगलबार पक्राउ गरेको आचार्यले बताए। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ। 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत