शनिबार, चैत्र ९, २०८१

अमेरिकी डलरकाे भाउ स्थिर, युराे घट्याे


गणेश विक


काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर स्थिर रहेको छ । आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ४३ पैसा कायम गरिएको छ । यसअघि बुधबार डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो  । 

बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ७५ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ३८ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५२ पैसाले घटेको हो ।

बुधबार युरोको खरिदमूल्य १४५ रूपैयाँ २७ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ९०   पैसामा खरिदबिक्री भएको थियो । 

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७४ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७५ रूपैयाँ ४९ पैसा कायम गरिएको छ । 
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ १२ र बिक्रीदर ८८ रूपैयाँ ५० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १८ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०५ पैसा तथा बिक्री दर १९ रूपैयाँ १४ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ०९ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ २५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०२ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ १८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७ रूपैयाँ ९६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ २६ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३९ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ५१ पैसा र बिक्रीदर ४५१ रूपैयाँ ४५ पैसा र बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ९६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत