बुधबार, चैत्र ५, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादी बैठक स्थगित

पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादी बैठक स्थगित


गणेश विक


काठमाडौं । संविधानसभा सदस्य एवं पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधनपछि एकीकृत समाजवादीको बिहीबारका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

सापकोटाको बिहीबार बिहान ५९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । उनी एकीकृत समाजवादीका बागमती प्रदेश सहइन्चार्ज पनि थिए ।

एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बिहीबार बिहान ११ बजेबाट सुरु हुने तय भएको बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको बताए ।

बैठकका लागि नौवटा कार्यसूची तय गरिएको छ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू छन् ।

सापकोटालाई एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको आजै अन्त्येष्टि गर्ने भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत