काठमाडौं । भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ ।
उनी आइतबार कलेजको होस्टेलमा मृत भेटिएकी थिइन् ।
उनको बुधबार राति नेपालमा शव ल्याई दाहसंस्कार गरिएको छ ।
केआइआइटीकी संस्थापक अच्युता सामन्ताले प्रकृतिका नाममा छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेकी हुन् ।
केआइआइटी नेतृत्वले प्रकृतिका बुबा सुनिल लम्साल र काकासँग भेट गरेपछि छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा भएको बताइएको छ ।
प्रकृतिको न्यायका लागि नेपालीसहित भारती विद्यार्थीहरूले पनि आन्दोलन गरेपछि केआइआइटी कलेज झुक्न बाध्य भएको हो ।
प्रकृतिको शव फेला परेपछि न्यायिक छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीमाथि अपमानपूर्वक दमन गरिएको थियो ।
केआइआइटी संस्थापक अच्युता सामन्ताले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाली विद्यार्थीहरुको सुरक्षित फिर्तीको बारेमा कुराकानी गरेकी छन् ।
बुधबार कलेज प्रशासनले नेपाली विद्यार्थीका आफन्तहरुसँग जुम मिटिङ गरेको थियो ।
त्यसपछि नेपाल आइपुगेका र भारतकै विभिन्न सहरमा रहेका नेपाली विद्यार्थी कलेज फर्किन थालेका छन् ।
बुधबार साँझसम्म एक सय नेपाली विद्यार्थी मात्र होस्टलमा थिए ।
कलेजेको होस्टलमा ११ सय ८० जना नेपाली विद्यार्थी बस्दै आएका थिए ।
थप समाचार
प्रकृतिका बुवा सुनिल भन्छन्– मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
प्रकृति लम्साल मृत्यु प्रकरण : आरोपित हिरासतमा, मोबाइल जफत गरेर प्रमाण खोज्दै प्रहरी
प्रकृति लम्साल मृत्यु प्रकरण : काल खोज्न कतै जानुपर्दैन, भारत पढ्न गए पुग्छ !
प्रकृति लम्साल मृत्यु प्रकरण : केआईआईटीका ३ कर्मचारी निलम्बन, २ जना बर्खास्त (अडियाे)
प्रकृति मृत्यु प्रकरण : नेपाली विद्यार्थीलाई गालीगलौज गर्ने प्राध्यापक पाण्डेले मागिन् माफी
राष्ट्रिय सभाले भन्यो, भारतमा मृत्यु भएकी छात्रालाई न्याय र नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर
प्रकृति मृत्यु प्रकरण : प्रतिनिधिसभामा आक्रोश, सत्य तथ्य छानबिनको माग
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ