बुधबार, चैत्र १३, २०८१

देउवाको भारत भ्रमण स्थगित


गणेश विक


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । उत्तर प्रदेश सरकारको आयोजनामा प्रयागराजमा हुने  ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’ कार्यक्रममा देउवालाई वक्ताका रुपमा आमन्त्रण गरिएको थियो । जसमा युपीका मुख्यमन्त्री योगी आदित्य नाथ पनि सहभागी हुने बताइएको थियो ।

पूर्वप्रधानमन्त्री देउवा बिहीबार भारत जाने तय भएपछि आयोजकले उनको नाममा कार्यक्रमको ब्यानरसमेत तयार पारेर सार्वजनिक गरिसकेको थियो । देउवाले बिहीबार बिहान आफ्नो भारत भ्रमण अचानक स्थगित गरेका हुन् । उनी एअर इण्डियाको उडानमा दिउँसो ३ बजे नयाँ दिल्लीतर्फ जाने तय भएको थियो ।

परराष्ट्रमन्त्रीसमेत रहेकी श्रीमती डा.आरजु राणा देउवा बिहीबार ओमनबाट स्वदेश फर्केलगत्तै देउवाले भारत भ्रमण स्थगित गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि देउवाले भारत भ्रमण स्थगित गरेको जानकारीमा आएको बताए ।

स्रोतका अनुसार दिल्लीमा उच्चस्तरीय भेटवार्ता नहुने भएपछि देउवाले भारत भ्रमण स्थगित गरेका हुन् । दिल्लीमा आजै नयाँ मुख्यमन्त्री रेखा गुप्ताको शपथ ग्रहण तय भएको छ । वेटिङ प्राइममिनिस्टरका रूपमा हेरिएका देउवा दिल्लीसँग सम्बन्ध सुधार गर्न चाहन्थे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत