शनिबार, चैत्र ९, २०८१
  • गृहपृष्‍ठ
  • शिक्षा
  • क्रान्तिकारीको पहलपछि उडिसाबाट फर्केका विद्यार्थीलाई पुर्वान्चलले क्रेडिट ट्रान्सफर दिने

क्रान्तिकारीको पहलपछि उडिसाबाट फर्केका विद्यार्थीलाई पुर्वान्चलले क्रेडिट ट्रान्सफर दिने


कान्तिपथ


भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् ।

केआइआइटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहीबार बेलुका एक सय ५९ जना विद्यार्थी रक्सौल हुँदै स्वदेश आएका हुन् ।

साथै पुर्वान्चल विश्वविद्यालयले त्यहाँ पढ्ने वातावरण नबनेर नेपाल फर्केका नेपाली बिद्यार्थीहरुलाई पूर्वाञ्चल विश्वबिद्यालयले आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा क्रेडिट ट्रान्सफर दिने निर्णय गरेको छ । विश्वविद्यालय प्रशासनसंगको निरन्तरको पहलपछि उक्त निर्णय भएको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सन्दिप पुनले बताए । पुनका अनुसार शिक्षा मन्त्रालयको सिफारिस ल्याएर विश्वविद्यालयमा सम्पर्क गर्न सकिनेछ ।

“क्रेडिट ट्रान्सफर” भनेको एक शैक्षिक संस्थाबाट अर्को शैक्षिक संस्थामा विद्यार्थीले आर्जन गरेको क्रेडिट (अंक वा पाठ्यक्रम पूरा गरेबापत पाएको मान्यता) सार्ने प्रक्रिया हो। पुनका अनुसार यदि विद्यार्थीले एक देशको विश्वविद्यालयमा केही सेमेस्टर पढेपछि अर्को देशको विश्वविद्यालयमा पढाइ जारी राख्न चाहन्छ भने, उसले पहिले पढेका कोर्सहरू र आर्जन गरेका क्रेडिटहरू नयाँ विश्वविद्यालयमा सार्न सक्छ। विद्यार्थीले कलेज परिवर्तन गर्दा पनि अघिल्लो कलेजमा लिएको कोर्सको क्रेडिट नयाँ कलेजमा मान्यता पाउन सक्छ, जसले गर्दा उसले फेरि त्यही विषय पढ्न नपरोस्।

शिक्षा मन्त्रालयले अभिभावक तथा विद्यार्थीहरूलाई संयमता अपनाउनसमेत अपिल गरेको छ । उक्त घटनाबाट सृजित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको उडिसा राज्यका विश्वविद्यालय/शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र प्रदान (एनओसी) स्थगित गर्न सकिनेतर्फ मन्त्रालयले सूचित गराएको छ ।

ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तोय नारायण पौडेलले नेपालका विश्वविद्यालय तथा कलेजमा केआईआईटीसँग धेरै कोर्स मिल्ने भएकोले नेपालमै पढ्न चाहाने विद्यार्थीलाई कलेजहरूमा पढाउन कुनै समस्या नभएको जानकारी दिए । उनले विश्वविद्यालयले गरेको निर्णय अनुसार प्रक्रिया पुरा गरेर आएका विद्यार्थीलाई पढाउन सकिने र त्यसका लागि शिक्षा मन्त्रालयले समन्वय गर्नुपर्ने धारणा राखे ।

प्रकृति लम्सालको मृत्यु प्रकरणमा नेपाली विद्यार्थीले आन्दोलन गरेको भन्दै केआईआईबाट विश्वविद्यालयबाट निकालिए पछि नेपाल फर्किएका तथा नेपाल आएर पढ्न चाहेका विद्यार्थीहरूलाई पढाईमा समस्या नहोस भनेर क्रेडिट ट्रान्सफर गरे पूर्वाञ्चल विश्वविद्यालयका जुन सुकै आंगिक वा सम्बन्धन प्राप्त कलेजमा पढ्ने व्यवस्था मिलाइने उपकुलपति डा. बिजु थपलियाले बताए ।

उनले शिक्षा मन्त्रालयले सहजिकरण गरेर प्रक्रिया पुरा गरे क्रेडिट ट्रान्सफर ल्याउने विद्यार्थीलाई उनिहरूको सहजतामा पायक पर्ने आंगिक कलेज वा सम्बन्धन प्राप्त कलेजमा पढ्न सक्ने व्यवस्था गर्न सकिने निर्णय गरिएको बताए ।

उनले भने ‘विद्यार्थीले नेपालमै पढ्न चाहन्छन् र उताको विश्वविद्यालयले विद्यार्थीलाई क्रेडिट ट्रान्सफर गरिदिएको खण्डमा पूर्वाञ्चलमा पढ्न सक्ने निर्णय गरेका छौँ । त्यसका लागि प्रक्रिया पुरा गर्न शिक्षा मन्त्रालयले समन्वय गरिदिनु पर्छ । यसका लागि शिक्षा मन्त्रीलाई भनिसकेका छौँ । विद्यार्थीलाई पढ्नबाट वञ्चित गर्दैनौं । विश्वविद्यालयको कोटा अनुसार व्यवस्था गर्छौ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत