बुधबार, चैत्र ५, २०८१

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : आज नेपाल र म्यानमार भिड्ने


कान्तिपथ


चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र म्यान्मारबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यान्मारले यस अघिका आफ्ना दुवै खेलमा जित हासिल गरेर फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

नेपाल र म्यान्मार दुवैले लेबनान र किर्गिस्तानलाई पराजित गरेका हुन् । गोल अन्तरका आधारमा म्यान्मार अगाडि छ भने नेपाल दोस्रो स्थानमा छ ।

नेपालले लेबनान र किर्गिस्तान दुवैलाई १–० गोल अन्तरले पराजित गरेको थियो भने म्यान्मारले किर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै, आज दिउँसो १ बजे हुने पहिलो खेलमा लेबनान र किर्गिस्तान खेल्ने छन् । फाइनलबाट बाहिरिए पनि दुवै टोली सान्त्वना जितको खोजीमा छन् ।

प्रतियोगिताको फाइनल खेल बुधबार नेपाल र म्यान्मारबीच हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत