मङ्लबार, माघ २७, २०८२

चक्कु प्रहार : एक जनाको मृत्यु, दुई प्रहरी घाइते


गणेश विक


काठमाडौँ । पूर्वी फ्रान्सको मिलोस शहरमा छुरा प्रहारको घटनामा एक जनाको मृत्यु भएको छ भने दुई प्रहरी गम्भीर घाइते भएका छन् ।

घटनास्थलबाट ३७ वर्षीय अल्जेरियन पुरुषलाई पक्राउ गरिएको छ। उनीविरुद्ध आतंकवाद मुद्दाको अनुसन्धान सुरु गरिएको छ । शंकास्पद व्यक्तिले दुई प्रहरीलाई गम्भीर घाइते बनाएको बताइएको छ । एक प्रहरीको घाँटीमा र अर्कोको छातीमा चोट लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

यसैबीच, घटनामा हस्तक्षेप गरेका ६९ वर्षीय पोर्चुगिज पुरुषलाई चक्कुको चोटका कारण मृत्यु भएको छ ।

संदिग्ध व्यक्ति आतंकवाद निगरानी सूचीमा भएकोले उनलाई देश निकाला गर्न आदेश दिइएको थियो । राष्ट्रपति इमानुएल म्याक्रोंले घटनामा प्रतिक्रिया दिदै यो आतंकवादी हमला थियो भन्नेमा कुनै शंका नरहेको बताएका छन् ।

यो घटना प्रजातान्त्रिक गणतन्त्र कंगोको समर्थनमा भएको प्रदर्शन नजिकै भएको थियो, जहाँ प्रहरी अधिकारीहरू गस्तीमा थिए ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत