मङ्लबार, चैत्र १२, २०८१

जसपाको केन्द्रीय कार्यालय ग्वार्कोमा


गणेश विक


काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालय ललितपुरको ग्वार्को चोकमा सरेको छ ।

पार्टी कार्यालयको आइतबार पार्टी अध्यक्ष अशोककुमार राईले उद्घाटन गरेका हुन् ।

सो अवसरमा पार्टीका शीर्ष नेताहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको नेता प्रदीप यादवले जानकारी दिए ।

पार्टी कार्यालय उद्घाटनपछि भएको छलफलमा जसपा नेताहरूले पार्टीको आगामी यात्रा, संगठन सुदृढीकरण, र जनसेवामा केन्द्रित योजनाहरूको चर्चा गरे।

नयाँ कार्यालयले पार्टीको संगठनात्मक कार्यहरूलाई अझ व्यवस्थित बनाउन तथा प्रभावकारी रूपमा जनताको सेवा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको यादवले बताए ।

राई नेतृत्वको जसपा उपेन्द्र यादवसँग अलग भएको हो ।

एकीकृत हुँदा जसपाको केन्द्रीय कार्यालय ललितपुरकै बालकुमारीमा थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत