शनिबार, चैत्र ९, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • जागृति एकेडेमीको बृहत शैक्षिक प्रदर्शनी मेला सम्पन्न (फाेटाेफिचर)

जागृति एकेडेमीको बृहत शैक्षिक प्रदर्शनी मेला सम्पन्न (फाेटाेफिचर)


गणेश विक


काठमाडौं । काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीले विज्ञान तथा प्रविधि, गणित सामाजिक, नेपाली, स्वास्थ्य, इन्जिनियरिङ, अंग्रेजीजस्ता विषयलाई समेटेर बृहत शैक्षिक प्रदर्शनी मेला सम्पन्न भएकाे छ।

करिब ८५ वटा स्कूलहरू समावेश गरेकाे थियाे ।

उक्त प्रदर्शनीमा अभिभावक, विद्यार्थी, पूर्व विधार्थी, रोल सुधार समितिका पदाधिकारी, अन्य विद्यालयका शिक्षक तथा विद्यार्थीहरू गरी करिब २ हजार जनाले उक्त प्रदशनीकाे अवलोकन गरेकाे हाे ।

साथै प्रदेशनीमा विद्यालयका विद्यार्थीहरू, COMOS Band, CREW Band र विश्वरम्भर सांगितिक प्रस्तुती देखाएकाे थिए ।

उक्त प्रदर्शनीको उद्घाटन वरिष्ठ इन्जिनियर विज्ञान श्रेष्ठले गर्नु भएको थियो भने उद्‌घाटन शत्रको अध्यक्षता विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ओमकृष्ण श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित अतिथी, अभिभावक तथा पूर्व विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक राजन कुमार श्रेष्ठले स्वागत मन्तव्यमार्फत स्वागत गर्नु भएको थियो ।

उक्त प्रदर्शनीलाई काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का वडा सदस्य हरि बहादुर बस्नेत, कोटदेवी विद्यानगर समाज सुधार समितिका अध्यक्ष देव चौलागाईं लगायत अन्य पधादिकारी र समाजका लक्ष्य अत्यन्त प्रतिष्ठित व्यक्तिले अवलोकन गरेका थिए।

साथै यस जागृति एकेडेमीलाई साथ सहयोग गरि योगदान पुर्याउने प्रतिष्ठित व्यक्तिलाई सम्मान गर्नुका साथै मायाको चिनो समेत प्रदान गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत