शनिबार, चैत्र ९, २०८१

इजरायल फेरि युद्धको लागि तयार


कान्तिपथ


इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल गाजा पट्टीमा ‘कुनै पनि क्षण’ लडाइँ पुनः सुरु गर्न तयार रहेको चेतावनी दिएका छन्। आइतबार उनले ‘वार्ता वा अन्य माध्यमबाट’ युद्धका उद्देश्य पूरा गर्ने वाचा गरेका छन्।

हमासले गत शनिबार ६ बन्धक छाडेको सट्टामा हुने भनिएको ६०२ जना प्यालेस्टिनी कैदी रिहा इजरायलले अनिश्चितकालका लागि स्थगन गरिएको बताएको छ। इजरायलको यो कदमलाई युद्धविराम प्रक्रियामा ठूलो धक्काको रूपमा हेरिएको छ।

गाजामा युद्धविरामअन्तर्गत हमासले शनिबार हिशाम अल-सयद, एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेन्कर्ट, एवेरा मङ्गिस्टु र ताल शोहम नामका ६ जना बन्धक छाडेको थियो। बदलामा इजरायलले पनि शनिबारै आफ्ना जेलमा रहेका ६०२ प्यालेस्टिनी रिहा गर्ने सम्झौता थियो।

तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी बन्दीहरूको रिहाइ अब हमासले बाँकी बन्धक अर्कोपटक सुम्पिने ग्यारेन्टी नगरेसम्म रोकिने बताएका हुन्। एजेन्सी



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत