बुधबार, चैत्र १३, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • मृत्यु भएको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि

मृत्यु भएको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि


गणेश विक


काठमाडौँ । हिज्बुल्लाह नेता हसन नसरल्लाह र उनका उत्तराधिकारी हाशिम सफिद्दीनलाई बिदाइ गर्न आइतबार हजारौं मानिसहरू बेरुतको स्पोर्ट्स सिटीमा भेला भएका थिए ।

लेबनानमा इजरायली आक्रमणमा मारिएको लगभग पाँच महिनापछि उनको अन्त्येष्टि गरिँएको हो । करिब पाँच महिनाअघि इजरायली आक्रमणमा हिजबुल्लाहका यी दुई शीर्ष नेता मारिएका थिए ।

इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले पनि हिज्बुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युमा पाँच दिनको शोकको घोषणा गरेका थिए ।

इरानका विदेशमन्त्री अब्बास अरघची हसन नसरल्लाह र हाशिम सफिद्दीनको अन्त्येष्टिमा सहभागी भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत