मङ्लबार, चैत्र ४, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • भुटानी शरणार्थी प्रकरण: थुनामा रहेका झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा

भुटानी शरणार्थी प्रकरण: थुनामा रहेका झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा


गणेश विक


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका विचौलिया बेचन झाले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाई हुँदैछ । सो निवेदन सर्वोच्चका न्यायाधीशद्धय टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशबाट थुनामा रहेका झा उच्च अदालत पाटन हुँदै गत माघ २ गते सर्वोच्च अदालतसम्म पुगेका थिए । झाको हकमा माघ ३ मा पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।

झा पूरक अभियोगपत्रबाट शरणार्थी प्रकरणमा जोडिएका थिए भने पहिलो अभियोगपत्र दायर गर्नुअघि भएको अनुसन्धानमा फरार थिए । पछि भारतबाट उनलाई पक्राउ गरेर ल्याएपछि सरकारले जिल्ला अदालत काठमाडौंमा पूरक अभियोगपत्र दर्ता गरेको थियो । उक्त अभियोगमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगे पनि उच्चले जिल्लाकै सदर गरेपछि झाले माघ २ मा सर्वोच्च अदालत गुहारेका थिए ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत