आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • कुलमानको बचाउ गर्दै सांसद पौडेलको प्रश्न- उज्यालो नेपाल बनाएर के गल्ति गरे ?

कुलमानको बचाउ गर्दै सांसद पौडेलको प्रश्न- उज्यालो नेपाल बनाएर के गल्ति गरे ?


गणेश विक


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल बनाएर के गल्ति गरे भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले कुलमानलाई हटाउने हल्ला चलाइएको भन्दै कुलमानले उज्यालो नेपाल बनाएर के गल्ति गरे भन्दै प्रश्न गरेका हुन् ।

उनले भने,‘अहिले कुलमानलाई विहानै हटाईन्छ, बेलुका हटाईन्छ, भोलि हटाईन्छ भनिँदैछ । उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर के गल्ती गरे कुलमानले ? मुलुकलाई लोडसेडिङमुक्त गरेर के गल्ती गरे कुलमानले ? भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे ? बरु सम्मान गर्नुपर्छ ।’

सांसद पौडेलले विद्युतको बक्यौता नतिर्नेको लाईन काटिनुपर्ने आवाज उठाए । तर, महशुस तिर्नेहरुको नै लाईन काटिएको भन्दै उनले आपत्ति जनाए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत