आइतवार, चैत्र १०, २०८१

आईजीपीसंगै को-को हुँदैछ बिदा ?


कान्तिपथ


नेपाल प्रहरीमा चैत ५ गतेदेखि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उनीसँगै २०५१ चैत ५ गते भर्ना भएका टोली बिदा हुँदैछ। अधिकांश उमेर हदका कारण यसअघि नै अवकाश भए पनि आईजीपी कुँवरसहित ५ एआईजी र ३ जना डीआईजी अबको २१ दिनपछि बिदा हुन लागेका हुन्।

कुँवरकै ब्याचका एआईजीहरू श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, मीरा चौधरी, सन्दीप भण्डारी, किरण राणा, भीमप्रसाद ढकाल, केदार ढकाल, उमेशराज जोशी, रामदत्त जोशी, भरतबहादुर बोहरा उमेर हदकै कारण ३० वर्षे सेवा अवधि पूरा नहुँदै अवकाश भैसकेका छन्।

एआईजीहरु प्रशासन विभाग प्रमुख टेकप्रसाद राई, कार्य विभाग प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, अपराध अनुसन्धान विभाग प्रमुख कुबेर कडायत र ३ साता मात्र फुली लाउन पाउने एआईजीमा बढुवा सिफारिस भएका जनकराज भट्टराई एकसाथ अवकाश हुनेछन्।

आईजीपी कुँवर कै ब्याचीहरु पोषराज पोखरेल, राजेशनाथ बास्तोला, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाललगायत डीआईजीबाटै अवकाश भए।

कुँवरसंगै २०५१ चैत ५ गते भर्ना भएका सञ्जयबहादुर राउत र श्यामकुमार राई भने एसपीबाटै अवकाश हुने भएका छन्। उनीहरू दुवै सांगठानिक कारबाहीमा परेका कारण बढुवा रोकिएपछि एसपीभन्दा माथि जान उक्लिन सकेनन।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत