बिहिबार, चैत्र ६, २०८१

माओवादीको केन्द्रिय अभियान टोलि आज मोरङमा व्यस्त


कान्तिपथ


नेकपा माओवादी केन्द्रले सोमबारदेखि सुरु गरेको ‘जनतासँग माओवादी तराई-मधेश जागरण अभियान’को केन्द्रीय टोली आज दोस्रो दिन मोरङ पुगेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरूले मोरङको कानेपोखरी गाउँपालिका- ६ नर्सरीडाँडास्थित ‘शहीद’ लक्ष्मी फुयालको घरमा पुगेर परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरेका हुन् ।

सो अवसरमा प्रचण्डले ‘जनयुद्ध’का सबै शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिएको उल्लेख गर्दै सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताए ।

परिवारका सदस्यहरुले आफ्ना परिवारका सदस्यको योगदान खेर जान नदिन माओवादीलाई बलियो बनाउनुपर्ने, उनीहरूको सपना पूरा गर्नुपर्ने, हरेक वर्ष स्मृति दिवस मनाउन पार्टीले क्यालेन्डर बनाउनुपर्ने, शहीदको गाउँमा शहीद पार्क बनाउनुपर्ने सुझाव दिएका प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्ला, एक जिल्ला तीन मुख्य कार्यक्रम गर्दै छ । जसअनुसार आज मोरङको कानेपोखरीको रमाइलो बजार, आमबारी रतुवामाई र कर्सिया धनपालथानमा सभा गरिँदै छ भने भेटघाट आयोजना गरिएको सचिवालयले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत