बुधबार, चैत्र १३, २०८१

एक मिडियाका कारण अर्को आत्महत्या


गणेश विक


काठमाडौं । एक  मिडियाका कारण अर्का एक जनाको मृत्युु भएको छ।

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको हाे ।

सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जनाएको छ ।

थापाले सोमबार आफ्ना साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा अचेत अवस्थामा फेला परेका थापालाई तत्काल अस्पताल लगिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

धादिङ, धुनीबेसी–९ घर भएका ३६ वर्षीय थापाले कलंकीस्थित एक साथीको डेरामा दिउँसो २ बजे विषादी सेवन गरेको प्रहरी परिसर काठमाडौँले  जानकारी दिएकाे हाे।

थापाको साथबाट एक पेजको पत्रसमेत बरामद भएको बोहराको भनाइ छ ।

सो पत्रमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख रहेको जनाएको छ ।

सुमेरु सहकारीका विषयमा गत आइतबार सार्वजनिक भएको अडियोका सन्दर्भमा थापाको नाम घटनामा जोडिएको प्रहरीको भनाइ छ ।

र, साथै २०५९ साल असोज २३ गते
अभिनेत्री श्रीषा कार्कीले आत्महत्या गरेकी थिइन् । उनको आत्महत्याको कारण एक साप्ताहिक पत्रिकामा छापिएको नग्न तस्बिर बनेको थियो । श्रीषाले काठमाडौंमा आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

२४ वर्षमा आत्महत्या रोजेकी उनले ‘सुख दुःख’, ‘वाचा बन्धन’, ‘सोल्टिनी’, ‘अंशवण्डा’, ‘आवारा’ लगायतका करिब दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छन् । उनको आत्महत्यापछि कलाकारहरूको ठूलै आन्दोलनसमेत भएको थियो ।

सम्पादक :  उक्त पत्रिका र अनलाइन मिडियाकाे नाम हामीले गाेय्य राखेका छाै ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत