बुधबार, चैत्र ५, २०८१
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • इन्स्पेक्टर गिरिको पहलमा इप्रका मंगलटारमा ‘नागरिक प्रहरी पुस्तकालय’ स्थापना

इन्स्पेक्टर गिरिको पहलमा इप्रका मंगलटारमा ‘नागरिक प्रहरी पुस्तकालय’ स्थापना


कान्तिपथ


काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मंगलटारमा नेपाल प्रहरीको कार्यसम्पादन सम्झौतामा उल्लेखित नवप्रवर्तनात्मक कार्य अन्तर्गत मंगलटार कार्यालयमा नव-स्थापित “नागरिक प्रहरी पुस्तकालय” सहितको बहुउद्देश्यीय हलको उद्घाटन तथा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ।

विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोगमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीको पहलमा आज शिवरात्रीको अवसर पारेर उक्त कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ, विभिन्न वडाका अध्यक्षहरू, संघसंस्थाका प्रमुखहरू, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस अवसरमा स्थानीय नागरिकहरूसँग शान्ति, सुरक्षा लगायतका विषयमा अन्तरक्रिया समेत गरिएको थियो।

प्रहरी निरीक्षक कृष्ण गिरिका अनुसार —नागरिक र प्रहरीबीचको सम्बन्धलाई सुदृढ बनाउन तथा बाह्य ज्ञानको दायरा बढाउन पुस्तकालय शुभारम्भ गरिएको हो। पुस्तकालयमा प्रहरी कर्मचारीहरू मात्र नभई सर्वसाधारण नागरिकको पनि सहज पहुँच रहनेछ।

कार्यालयको आन्तरिक स्रोत साधन, विभिन्न पुस्तक प्रदान गर्ने व्यक्तिहरु तथा स्थानिय सरकार समेतको सहयोगमा नव स्थापित उक्त नागरिक प्रहरी पुस्तकालयमा कानूनको १९ वटै खण्डका पुस्तकहरु, साहित्यिक पुस्तकहरु (अङ्ग्रेजी/नेपाली दुवै भाषा), सबै प्रकृतिको धार्मिक पुस्तकहरु, सरकारी सेवा प्रवेश पूर्व तयारी सम्बन्धी पुस्तकहरु, नेपाल प्रहरी द्वारा प्रकाशित पुस्तकहरु समेतको उपलब्धता रहेको छ भने आवश्यकतानुसार यसलाई बढाउँदै लैजाने गरी तय गरिएको । प्रहरी निरीक्षक गिरीका अनुसार सेवाग्राहीहरू र प्रहरी कर्मचारीहरूले पुस्तकालयमा बसेर अध्ययन गर्न सक्ने छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत