हमासले आफ्ना बन्धकहरू रिहा गरेको बदलामा इजरायलले प्यालिस्टीनी कैदीहरूलाई छाड्न सुरु गरेको छ । वेस्ट बैंकबाट गइरहेका प्यालिस्टीनी कैदीहरूको तस्वीर आउन थालेको छ । उनीहरूको पर्खाइमा रहेकाहरूले खुसी मनाएका छन् ।
यद्यपि, अहिलेसम्म कति प्यालिस्टिनी कैदीलाई इजरायलले रिहा गर्यो भन्ने विवरण आइनसकेको बीबीसीले जनाएको छ । उनीहरूको प्रतिक्षामा रहेकाहरूले रिहा भएका कैदीलाई काँधमा बोकेर खुसी व्यक्त गरेका छन् ।
आज रातिसम्म ६२५ जना प्यालिस्टिकी कैदीलाई इजरायलले छाड्न सक्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ । उनीहरूलाई रेडक्रसको बसमा लगिएको छ ।
यसअघि इजरायलले कैदीहरू छाड्न सुरु गरेसँगै हमासले चार जना बन्धकहरूको शव दिएको थियो । हमासले दिएका चार जना बन्धकहरूको शवको पहिचान भइसकेको छैन । यद्यपि, हमासले भने ती शवहरू ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय साची इदान र ६९ वर्षीका इत्जिक अलग रात भएको बताएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ