बुधबार, चैत्र १३, २०८१

मालोर्कासँग एल्भस बराबरीमा रोकियो, लेगान्ससँग गेटाफे स्तब्ध


कान्तिपथ


स्पेनिस ला लिगामा मालोर्का र एल्भसबीचको खेल बराबरीमा सकिएको छ । गए राति भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।

मालोर्काका लागि टाकुमा असनोले ९ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, एल्भसका लागि किके गार्सियाले ६८औँ मिनेटमा गोल गरेसँगै खेल बराबरीमा सकिएको हो ।

त्यस्तै अर्को खेलमा लेगान्सले गेटाफेलाई १-० ले पराजित गरेको छ । खेलको इन्जुरी समयमा डिएगो गार्सियाले गरेको गोल निर्णायक बन्दा लेगान्स विजयी भएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत