डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै फुलहाम एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फुलहमले अन्तिम आठमा स्थान बनाएको हो ।
फुलहामका लागि पहिलो हाफको इन्जुरी समयमा केल्भिन बासेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ७१औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फेर्नान्डेजले बराबरी गोल फर्काए ।
त्यसपछि दुवै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा फुलहामले बाजी मारेको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ