काठमाडौं । लमजुङका विवादस्पद डीएसपीको जिम्मेवारी खोसिएको छ ।
लमजुङ प्रहरी प्रमुख रहेका डीएसपी निशान्त श्रीवास्तवले कार्यक्षेत्र र संगठनको जिम्मेवारी विपरीतको कार्य गरेपछि उनी त्यहाँबाट प्रधान कार्यालय तानिएका छन् ।
लम्जुङ जिप्रकाको डीएसपीमा रेशम बोहराको काज सरुवा भएको छ ।
प्रधान कार्यालयस्थित विशेष व्युरोले खोजिरहेका एक मुद्दा अभियोगी पक्राउ प्रकरणमा डीएसपी श्रीवास्तव विवादमा मुछिएका हुन् ।
उनले लम्जुङबाट माथिल्लो निकायलाई जानकारी नदिई काठमाडौंमा एक भारतीय नागरिक पक्राउ गरेको र आफ्नो संगठनलाई नबुझाई भारतीय प्रहरीको जिम्मा लगाएको आरोप लागेको छ ।
उनले पक्राउ गरेका ती व्यक्तिको प्रधान कार्यालयस्थित विशेष व्यूरोद्वारा खोजी भइरहेको थियोे ।
यसबारे डीएसपी श्रीवास्तवमाथि अनुसन्धान चलिरहेको प्रहरी स्रोतले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ