काठमाडौँ। पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
शाहलाई हर्टअट्याक भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
अस्पताल स्रोतका अनुसार अहिले शाहको स्वास्थ्य अवस्था सुधार उन्मुख छ।
अहिले उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको बताइएको छ । पारसलाई भेट्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह, प्रेरणा अस्पताल पुगेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ