बुधबार, चैत्र १३, २०८१

सिरहामा लागुऔषधसहित २ जना पक्राउ


गणेश विक


राजेन्द्र महतो, सिरहा। सिरहामा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–६ का २९ वर्षीय सुवर्ण मणी पाण्डे र ३७ वर्षीय काशि साह रहेका छन्।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोलबजार नगरपालिका–६ स्थित कृष्ण मन्दिर नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो।

बुधवार राति करिब ८ बजे प्रहरीले मधेश प्रदेश ०२-००८ प. ०७३८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा सुवर्ण मणी पाण्डेले लगाएको ज्याकेटको खल्तीमा लुकाइराखेको लागूऔषध फेला परेको थियो। प्रहरीले पाण्डेले बोकेको सेतो कागजमा बेरिएको १२ वटा स–साना कालो प्लास्टिकको टुक्राभित्र खैरो हिरोइन जस्तो देखिने १.८४ ग्राम पदार्थ बरामद गरेको छ।

लागूऔषध र मोटरसाइकल समेत बरामद गरी दुबैजनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए।

पक्राउ परेका दुबै जना माथि सिरहा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत