आइतवार, चैत्र १०, २०८१

राससका पूर्व वरिष्ठ सम्पादक मिश्रको निधन


गणेश विक


काठमाडौँ । राष्ट्रिय समाचार समितिका पूर्व वरिष्ठ सम्पादक मोहिनी मिश्रको ५६ वर्षका उमेरमा ‘क्यान्सर’ रोगबाट निधन भएको छ ।

ललितपुर महानगरपालिका वडा १८ निवासी समाजसेवी मिश्रको मेडिसिटी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

उनी विगत दुईवर्षदेखि पेट सम्बन्धी रोगबाट पीडित थिए । मिश्रका एक छोरा छन् । नेपाल प्रेस युनियन रासस शाखाको पूर्व अध्यक्ष र नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखामा पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्रले स्वास्थ्यका कारण सेवाबाट स्वेच्छिक अवकास लिएका थिए ।

उनले राससमा दुईदशकभन्दा वढी सेवा गरेका थिए । आजै पशुपति आर्यघाटमा मिश्रको अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले राससलाई जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत