आइतवार, चैत्र १०, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • प्रधानसेनापति सिग्देलद्वारा सहायक रथी जिसीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति सिग्देलद्वारा सहायक रथी जिसीलाई दर्ज्यानी चिन्ह प्रदान


गणेश विक


काठमाडौँ । उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी कृष्ण बहादुर जिसीलाई प्रधानसेनापति अशोक राज सिग्देलले जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पदोन्नतिसँगै उपरथी जिसी मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन् । प्रधानसेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा. कुन्द विक्रम शाहलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत