बिहिबार, चैत्र ६, २०८१

गायिका एलिनाको ‘छुट्यो पिरिम’ सार्वजनिक


गणेश विक


काठमाडौं । नेपालकि चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘छुट्यो पिरिम’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका चौहानको वैवाहिक सम्बन्धमा दरार आएपछि उनले सम्बन्ध विच्छेद गरेकी हुन् ।

उनले सम्बन्ध विच्छेद गरेसँगै बजारमा आएको ‘छुट्यो पिरिम’ गीतको म्युजिक भिडियो उनकै जीवनसँग मेल खाएको देख्निछ ।

गीतको शब्द डीपी तिवारीको रहेको छ भने, संगीत एंव हुकलिंग नविन शताब्दीले गरेका छन् । गीतको भिडियोमा सञ्जना गुरुङ र सञ्जय विश्वकर्मा (खिमजान)ले अभिनय गरेको देख्न सकिन्छ ।

सञ्जय विश्वकर्मा (खिमजन)को निर्देशन रहेको भिडियो सम्पादन अमृत ​​चापागाईले गरका हुन् ।

दिपक गिरी सिनेमेटोग्राफर गरेका हुन् भने, कोरियोग्राफर सञ्जय विश्वकर्मा (खिमजन) नै गरेका छन् ।

भिडियोको सम्पादन मिक्स मास्टरिङ किस्मतको रहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत