काठमाडौं । काठमाडौं प्रमुख एसएसपी विश्व अधिकारीले प्रहरी वृत्त स्वयम्भु र कालिमाटीको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन छ ।
निर्देशनका क्रममा एसएसपी अधिकारीले प्रहरी वृत्त स्वयम्भु र कालिमाटीको आ-आफ्नो जिम्मेवार क्षेत्रभित्रको सुरक्षा चुनौतिहरुलाई मध्यनजर गर्दै कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले दर्जा अनुसार आफुले पाएको जिम्मेवारी प्रभावकारी बनाउन निर्देशन दिएकाे हाे ।
प्रहरी संगठनमा कार्य गर्ने अवसर प्राप्त हुनु नै व्यक्तिगत जीवनमा महत्वपूर्ण उपलब्धी भएकाले प्रहरी कर्मचारीले आफु कार्यरत रहेको कार्यालयमा नेपाल प्रहरी संगठनको साख अभिवृद्धि हुनेगरी उदाहरणीय रुपमा प्रहरी सेवा प्रवाह गर्दै समाजले सदैव सम्झने गरी व्यावसायिक निष्ठापूर्वक कार्य सम्पादन गर्न प्रेरित गरे ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ