शनिबार, चैत्र ९, २०८१

तराई मधेश जागरण अभियान : नेताहरु जनताको घर खोज्दै


गणेश विक


 
महोत्तरी, तराई मधेश जागरण अभियानको लागि माओवादी केन्द्र महोत्तरीका नेताहरु जनताको घर खोज्न व्यस्त वनेका छन् । अभियानमा सहभागी हुने अध्यक्षसहित पदाधिकारीहरुलाई २१ गते रातिको बासस्थानको लागि उनीहरु दौडधुपमा लागेका हुन् ।

यो अभियानले भुईमान्छेहरुको समस्या र अफ्ठ्याराहरुको पहिचान गर्ने भएकाले पनि जनताको घरलाई नै प्राथमिकतामा राखेको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए ।

माओवादी केन्द्रको पौष-२१ देखि २३ गतेसम्म बसेको बैठकले पार्टीलाई जनतासँग जीवन्तरुपमा जोडने, सुझावहरु संकलन गर्ने र जनता पार्टी नेतृत्वको सम्बन्धलाई बिस्तार गर्ने उदेश्य अन्तर्गत तराई-मधेश जागरण अभियान संचालन गर्ने निर्णय गरेको थियो ।

यही अन्तर्गत फाल्गुन-१२ गते झापाको कचनकवलको वनियानी वजारवाट सुरु भएको यो अभियान २१ गते महोत्तरीको मटिहानी नगरपालिकामा प्रवेश गर्ने कार्यक्रम छ ।

सोही राति मटिहानी र जलेश्वरमा बस्ने र २२ गते सम्सी बजारमा बिशाल खुल्लासभा गर्ने माओवादी केन्द्र महोत्तरीले जनाएको छ । ‘ धेरैजसो समय आधारभूत वर्गको घरमा विताउने र सम्बन्ध बिस्तार गर्ने पार्टीको निर्णयअनुसार महोत्तरीमा पनि पूर्ण तयारीमा लागेका छौ ।’ इन्चार्ज खडकाले भने । ‘पार्टीका सवै पदाधिकारीहरु अध्यक्ष प्रचण्डसहित उपस्थित हुने भएकाले हामी पनि निक्कै उत्साहित छौ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत