आइतवार, चैत्र १०, २०८१

अस्ट्रेलियाका मेयरले नेपालका नगरपालिकाका अधिकारीलाई गरे भब्य स्वागत


गणेश विक


काठमाडौं । मेलबर्न अस्ट्रेलियास्थित भिक्टोरिया प्रदेशमा ग्रेटर बेन्डिगो सिटीका मेयर एन्ड्रिया मेटकाल्फले नेपाली प्रतिनिधिहरुलाई ग्रेट स्तूपमा स्वागत गरेकाे छ।

एक समारोह साथ आज मेयर एन्ड्रियाले नेपालको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलको नेतृत्वमा रहेका सदभावना दुत डिएन घिसिङ, मेड इन नेपाल प्रबर्द्धक एब उधमी रचना श्रेष्ठ , अभियान्ता बिपुल ज्ञवाली र अनुपम पाठक सम्मीलित समुहलाई स्वागत र सत्कार गर्नु भएको हाे।

ग्रेट स्तूप परिसरमा भएको कार्यक्रममा स्तूपका अध्यक्ष तथा निर्देशक इयान ग्रीनले ब्यबस्थापकिय सहजीकरण गर्नु भएको थियो।

सो अबसरमा ग्रेटर बेन्डिगो सिटी र नेपालको नगरपालिका सँग नगर साझेदारी गर्ने बारे सकारात्मक छलफल भएको छ।

मेयर एन्ड्रियाले बहुसाँकृती अभ्यासलाई प्राथमिकता राखेको समेत बताए।

आगामी दिनमा नेपालका जनप्रतिनिधिलाई स्वागत गर्न आफु तयार रहेको साथै सास्कृतीक पर्यटन प्रबर्द्धनमा उच्च प्राथमिकता राखेको मेयर एन्ड्रियाले बताए।

सोही अबसरमा ग्रेट स्तूपका अध्यक्ष एब निर्देशक इयान ग्रीनले ग्रेट स्तूपको ऎतीहासिक पक्षको बर्णन गर्दै समग्र स्तुपाको पथ प्रदर्शन गराएका थिए।

बिन्डिको शहरमा २ सय हेक्टरमा निर्माधिन स्तूपा अस्ट्रेलियाको दक्षिणी भेगको सबैभन्दा ठुलो स्तूपा हो। स्तूपा परिसरमा बौद्ध दर्शनका भिन्नाभिन्नै कलाकृतीलाई बिशेष आकृतीकले सजाएको छ।

हिन्दू समुदायका मठमन्दिर, शिख एब क्रिश्चियन धर्मका आकृतीलाई ब्यबस्थित तबरले स्थापित गरिएको छ।

पदप्रदर्शनको क्रममा स्तुपाका अध्यक्ष इयानले आफु बौद्ध दर्शनबाट प्रभावित भएको र पुख्र्यौली सम्पतीलाई प्रयोग गरेको समेत बताए।

नेपालबाट कलाकृतीहरु भित्राएको समेत इयान बताए छ्न।

उक्त अबसरमा बागलुङ नगरपालिका प्रमुख प्रसासकिय अधिकृत हरिदत्त कंडेलले नेपाल पहिचान गरेकोले अध्यक्ष इयान ग्रीन सम्मान गर्दै आगामी नेपाल चिनाउन आफ्नो तर्फबाट बिशेष भूमिका खेल्ने बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत