मङ्लबार, चैत्र ४, २०८१

भारत च्याम्पियन्स ट्रफीको फाइनलमा


गणेश विक


काठमाडौँ । भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ ।

च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य पछाएको भारतले ४८.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

भारतको जितमा विराट कोहलीले सर्बाधिक ८४ रन बनाएका थिए भने श्रेयस अय्यरले ४५ रन बनाएका थिए । त्यस्तै केएल राहुलले ४२ बनाए भने कप्तान रोहित शर्मा र हार्दिक पाण्डेयले २८-२८ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अल आउट हुदै २६४ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्बाधिक ७२ रन बनाए भने एलेक्स केरीले ६१ रन बनाएका थिए । त्यस्तै ट्राभिस हेडले ३९ रन बनाए भने मार्नस लाबुसचागनेले २९ रन बनाएका थिए । त्यस्तै बेन ड्वारशुइसले १९ र नाथन एलिसले ११ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर मोहमद शामीले ३ विकेट लिए भने वरुण चक्रवर्ती र रविन्द्र जडेजाले २-२ तथा हार्दिक पाण्डेय र अक्सर पटेलले एक एक विकेट लिए ।

अब फाइनलमा भारतले आज हुने दोस्रो सेमिफाइनलको दक्षिण अफ्रिका र न्युजील्याण्डबीचको विजेतासँग आगामी आइतबार फाइनलमा खेल्ने छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत